बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंक र ई.स्टप नेपालबीच व्यपारिक सम्झौता

एनआईसी एशिया बैंक र ई.स्टप नेपालबीच व्यपारिक सम्झौता

 |  मंगलबार, असार ३१, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३१, २०८२

काठमाडौं- एन आई सी एशिया बैंक र ई.स्टप नेपाल प्रा.लि.बीच यस बैंकका ग्राहक महानुभावहरुलाई रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ।

National life

सम्झौतापछि बैंकका ग्राहकहरुले ई.स्टप नेपालले उपलब्ध गराएको रेष्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न गर्नेछन। 

ई.स्टप नेपालले नवलपुरस्थित दलदले,सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेष्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनहरुमा विद्युतीय गाडी चार्ज गर्दै खानाको स्वादमा उक्त छुट सुविधा उपलव्ध छ।

ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोवाइलबैंकिङ  एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा पाउनेछन। दी गो ग्रुप अफ कम्पनी अन्तर्गत रहेको ई.स्टप नेपालसँगको यस सहकार्यले मुलुकमा डिजिटल भुक्तानी र हरित अर्थतन्त्रको प्रवद्र्धनमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ। 

 

Shivam cement

प्रकाशित: Jul 15, 2025| 13:12 मंगलबार, असार ३१, २०८२
प्रतिक्रिया दिनुहोस्