सोमबार, पुस १४, २०८२

सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

 |  मंगलबार, असार ३१, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३१, २०८२

काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। उनले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्। 

National life

मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको बताए। उनले आजसम्म आफूलाई सहयोग गरेका सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

केही दिनअघि मात्र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच लाखौंको घुस डिलको अडिओ सार्वजनिक भएको थियो।

यस विषयमा छानबिन र मन्त्री बर्खास्तीका लागि चौतर्फी दबाब भइरहेको थियो।

प्रकाशित: Jul 15, 2025| 12:05 मंगलबार, असार ३१, २०८२
प्रतिक्रिया दिनुहोस्