सोमबार, असार ३०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस-एमालेले संसद्लाई विचौलियाको खेल मैदान बनाएको प्रचण्डको आरोप 

कांग्रेस-एमालेले संसद्लाई विचौलियाको खेल मैदान बनाएको प्रचण्डको आरोप 

 |  सोमबार, असार ३०, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार ३०, २०८२

vianetvianet

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश बहुआयामिक संकटको जोखिममा रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जनतासँग गरिएको सपना र प्रतिबद्धता आजको अवस्थासँग मेल नखाने बताउँदै वर्तमान सत्ताको कार्यशैलीले ती सबै सपना र प्रतिवद्धतालाई अपमानित बनाएको टिप्पणी गरे।

‘के हामी शान्ति सम्झौताका बेला देखिएको सपनाअनुसार अघि बढिरहेका छौं?’ प्रश्न गर्दै प्रचण्डले भ्रष्टाचार, अराजकता र बेथिति मौलाएको, सार्वजनिक सेवामा पहुँच कठिन भएको, र पछाडि पारिएका समुदायलाई राज्यले आवश्यक संरक्षण दिन नसकेको बताए।

संसद र संसदीय समितिमा भैरहेका भूमिकाप्रतिसमेत असन्तुष्टि जनाउँदै उनले विधेयकहरू सर्वसम्मत पारित भए पनि प्रतिनिधिसभामा पुग्दा भएका चलखेल र हस्तक्षेपका कारण अगाडि बढ्न नसकेको बताए।

अध्यक्ष प्रचण्डले दुई ठूला दलहरूको मिलोमतोले संसद्लाई ‘विचौलियाको खेलमैदान’ बनाइएको आरोप लगाउँदै यस्तो प्रवृत्ति देश र जनताका लागि लज्जास्पद र खेदजनक भएको भन्दै टिप्पणी गरेका छन्।

प्रकाशित: Jul 14, 2025| 14:49 सोमबार, असार ३०, २०८२
प्रतिक्रिया दिनुहोस्