बुधबार, वैशाख १६, २०८३

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

 |  सोमबार, असार ३०, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, असार ३०, २०८२

काठमाडौं- प्रतिनिधि सभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो प्रतिनिधि सभा बैठक बस्ने तय भएको छ।

National life

सोमबारको बैठकमा सभामुख प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ।

त्यस्तै विभिन्न मन्त्रालयका सम्बन्धित मन्त्रीहरूसँग प्रश्नोत्तर कार्यक्रम रहनेछ।

आज  सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ।

त्यस्तै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले 'राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

kumari

प्रकाशित: Jul 14, 2025| 08:10 सोमबार, असार ३०, २०८२
प्रतिक्रिया दिनुहोस्