बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सांसद् सुमनाको प्रश्न- घुस लेनदेनसम्बन्धी अडिओमा भनिएको बा को हुन्?

सांसद् सुमनाको प्रश्न- घुस लेनदेनसम्बन्धी अडिओमा भनिएको बा को हुन्?

 |  आइतबार, असार २९, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असार २९, २०८२
National life
Shivam cement

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले मन्त्रीको घुस लेनदेनसम्बन्धी अडिओ प्रकरण छानविनको माग गरेकी छन्। आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अडियो प्रकरण छानविनको माग गरेकी हुन्।

उनले भनिन्, ‘कास्कीको कार्यालयमा को पठाउनेमा घुस, जिल्लाको भूमि आयोगको अध्यक्षहरुमा सेटिङ, किन भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न खोजिएको बुझियो। आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन। एउटा मन्त्रीले अर्को मन्त्रीलाई पेलेको छ। यसको छानबिनको हामी माग गर्छौं। सम्बन्धित ठाउँ भनेको कसको कुन ठाउँ हो? अडिओमा भनिएको ‘बा’ भनेको के हुन् ?।’

केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडिओ काण्ड बाहिरिएको थियो। उक्त अडिओमा भूमिमन्त्रीको नाम पनि पटक–पटक लिइएको छ। उनले मन्त्रीको घुस काण्डमा भनिएका ‘बा’ को हुन् भन्दै प्रश्न गरिन्।
 

प्रकाशित: Jul 13, 2025| 14:02 आइतबार, असार २९, २०८२
प्रतिक्रिया दिनुहोस्