काठमाडौं- काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आज ल्याउने भएको छ।
शुक्रवार बसेको काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले आइतबार दिउँसो २ बजे नगरसभा गर्ने निर्णय गरेको हो।
सोही निर्णय अनुसार आज दिउँसो २ बजे बस्ने नगरसभामा बजेट प्रस्तुत हुनेछ।