सोमबार, पुस १४, २०८२

आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

 |  बिहीबार, असार २६, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असार २६, २०८२

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत आज विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दै छ। दिउँसो १ बजे बस्ने अर्थ समितिको बैठकको पहिलो सत्रमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकसँग छलफल हुनेछ। दोस्रो सत्रमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसामयिक विषयमा छलफल हुनेछ। 

National life

दिउँसो १ बजेका लागि बोलाइएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा हाल उपभोगमा रहेको आयोडिनयुक्त नुनको गुणस्तर तथा यसको सहज र सर्वसुलभ आपूर्ति एवं वितरणका सम्बन्धमा छलफल हुनेछ। 

दिउँसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन व्यवसायी परिषद्सँग छलफल गर्ने कार्यसूची छ। 

सार्वजनिक लेखा समितिको बैठकमा २३औँ वार्षिक प्रतिवेदन उपर छलफल र पारित गर्ने कार्यसूची छ। बैठक दिउँसो १ बजे बस्नेछ। 

विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। 

Laxmi sunrise bank
kumari

बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बाढीबाट भएको क्षति, उद्धार र पुनर्स्थापना सम्बन्धमा छलफल हुनेछ।

प्रकाशित: Jul 10, 2025| 08:10 बिहीबार, असार २६, २०८२
प्रतिक्रिया दिनुहोस्