शुक्रबार, असार ५, २०८३

म्याग्दीको पहिरोमा पुरिएर एक जनाको मृत्यु, एक बेपत्ता

 |  बुधबार, असार २५, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असार २५, २०८२

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीपारमा आज दिउँसो पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। 

National life

लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको पहिरोमा पुरिएर मृत्यु भएको हो भने निजका छोरा अन्दाजी १३ वर्षका सरोज विक बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए। 

उनका अनुसार घर नजिकैको बारीको पाखामा घाँस काट्ने क्रममा अचानक माथिबाट पहिरो खसेर दुवैलाई पुरेको हो। बेपत्ताको खोजीका लागि जनप्रतिनिधि, स्थानीयवासी र इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सोमढास ढकालको नेतृत्वमा सुरक्षाकर्मीको टोली घटनास्थलमा खटिएको छ। 

यो पनि

पहिरोले म्याग्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Shivam cement

प्रकाशित: Jul 09, 2025| 15:03 बुधबार, असार २५, २०८२
प्रतिक्रिया दिनुहोस्