सोमबार, पुस १४, २०८२

बागलुङमा बाढीले विद्युत् आयोजनाको बाँध र पावर हाउस बगायो

 |  बुधबार, असार २५, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असार २५, २०८२

National life
Laxmi sunrise bank
kumari

बागलुङ- जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ। 

आज बिहानको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीय गङ्गा आचार्यले राससलाई बताउनुभयो। गत वर्ष रु ३५ लाख खर्चेर निर्माण गरिएको स्टिल पुल पनि बगेको आचार्यले बताए। बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ। ट्रान्सफर्मरमा क्षति भएपछि स्थानीय विद्युत् पैञ्युथन्थापका एक सय ३० घरमा बिजुली आपूर्ति बन्द भएको छ। 

पैञ्युथन्थापको खरेयाबोटका दुई परिवार बाढीबाट विस्थापित भएका छन्। सात परिवार बाढीपहिरोको जोखिममा रहेका स्थानीय आचार्यले बताए। बाढीबाट खोला किनारमा लगाइएको धानबाली क्षति भएको छ। 

प्रकाशित: Jul 09, 2025| 09:10 बुधबार, असार २५, २०८२
प्रतिक्रिया दिनुहोस्