शुक्रबार, असार ५, २०८३

चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु

 |  बुधबार, असार २५, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असार २५, २०८२
National life
Shivam cement

ताप्लेजुङ- सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। 

चट्याङ लागेर घाइते भएका सिदिङ्वा गाउँपालिका–३ का राजकुमार लिम्बूको साब्लाखुस्थित स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको हो। उहाँको पारिवारिक स्रोतका अनुसार मङ्गलबार साँझ घरमा बसिरहेका बेला चट्याङ लागेर उनी घाइते एका थिए। उनलाई तत्काल स्थानीय स्वास्थ्यचौकी पुर्याइएको थियो। 

त्यसैगरी, सिदिङ्वा गाउँपालिका–५ लिम्बूदिनका मिसन लिम्बू पनि चट्याङ लागेर घाइते भएका छन्। सत्र वर्षीय लिम्बूलाई चट्याङ लागेको हो। उनको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए।

प्रकाशित: Jul 09, 2025| 07:27 बुधबार, असार २५, २०८२
प्रतिक्रिया दिनुहोस्