शुक्रबार, असार ५, २०८३

रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बहिष्कार

 |  मंगलबार, असार २४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असार २४, २०८२
National life
Shivam cement

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन्। बैठक सुरु हुनेबित्तिकै दुवै पार्टीका सांसदहरुले उठेर विरोध जनाएका थिए।

रास्वापकी सांसद सोबिता गौतमले ‘भिजिट भिसा’ प्रकरणमा कैयौँ दिनदेखि आवाज उठाउँदै आए पनि सरकार गम्भीर नभएको बताइन्। उनले उच्चस्तरीय छानबिन समितिको माग गर्दै विरोधस्वरुप आज पनि संसद् बहिष्कार गरेको बताएकी हुन्। ‘रास्वपा केही समयदेखि भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी गर्ने कार्यविरुद्ध संसदीय छानबिन समिति वा उच्चस्तरीय जाँचबुझ आयोगको मागसहित सदनमा विरोधमा उभिएको छ,’ उनले भनिन्। सांसद गौतमले अन्तरराष्ट्रियस्तरमा नेपालको छवि जोडिएको गम्भीर विषयमा पनि उच्चस्तरीय छानबिन समिति नबनाएर स्वार्थ बाझिने अनुपयुक्त पात्रको नेतृत्वमा एउटा सामान्य प्रशासनिक समिति बनाएको विषयमा खेद र आपत्ति रहेको बताएकी छन्।

यसैगरी, राप्रपाका सांसद ज्ञानबहादुर शाहीले लामो समयदेखि संसद्मा भिजिट भिसा प्रकरणसम्बन्धी आवाज उठाइरहे पनि सरकारले सुन्न नखोजिरहेको बताए। उनले भने, ‘हामीले सरकारविरुद्ध गर्न खोजेको गतिविधि होइन। यो मानव बेचबिखन विरुद्धको अभियान हो। छानबिन समिति बनोस्। यहाँ सङ्ख्याका आधारमा होइन अपराधका आधारमा छानबिन समिति बनोस्।’

प्रकाशित: Jul 08, 2025| 13:56 मंगलबार, असार २४, २०८२
प्रतिक्रिया दिनुहोस्