सोमबार, पुस १४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • विद्यालय शिक्षा विधेयकबारे शिक्षामन्त्रीलाई अखिल क्रान्तिकारीको ध्यानाकर्षण पत्र

विद्यालय शिक्षा विधेयकबारे शिक्षामन्त्रीलाई अखिल क्रान्तिकारीको ध्यानाकर्षण पत्र

 |  सोमबार, असार २३, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, असार २३, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिययन (क्रान्तिकारी)ले आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा निःशुल्क गर्ने संवैधानिक व्यवस्थालाई विद्यालय शिक्षा विधेयकमा समेट्न प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ध्यानाकर्षण गराएको छ।
 
अखिल (क्रान्तिकारी) का अध्यक्ष विजयप्रकाश शर्मा सापकोटासहितको प्रतिधिमण्डलले आज समितिका सभापति अम्मरबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै विधेयकमा शिक्षकको आत्मसम्मानको कदर तथा सेवसुविधा समायानुकूल बनाउन आग्रह गरेको हो। सङ्गठनले शत्प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट शिक्षक नियुक्तिको सुनिश्चितता गर्न पनि माग गरेको छ।
 
क्रान्तिकारीले परम्परागत रुपमा चलिरहेका धार्मिक विद्यालय मदरसा, गुम्बालगायतका विद्यालयलाई समकक्षता र यस्ता विद्यालयलाई मूलधारमा ल्याउने बारेमा थप स्पष्टता गर्न सुझाव दिएको उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख मदन ढकालले जानकारी दिए। ज्ञापत्रपत्रमा राष्ट्रिय पाठ्यक्रम परिषद् र पाठ्यक्रम विकास केन्द्रलाई गाभेर एउटा निकाय कायम गर्न सुझाव दिइएको छ।
 
ऐन प्रारम्भ भएपछि पाँच देखि १० वर्षभित्रमा निजी विद्यालय अनिवार्य रुपमा शैक्षिक गुठीमा रुपान्तरण गरी सञ्चालन गर्नु आवश्यक रहेको औँल्याउँदै क्रान्तिकारीले निजी गुठीका रुपमा सञ्चालित विद्यालय १० वर्षभित्र सार्वजनिक गुठीमा रुपान्तरण गरी सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ।

प्रकाशित: Jul 07, 2025| 14:02 सोमबार, असार २३, २०८२
प्रतिक्रिया दिनुहोस्