सोमबार, भदौ २२, २०८३

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

 |  आइतबार, असार २२, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असार २२, २०८२

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी रहेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघिदेखि बैठक सुरु भएको हो। बैठकमा पार्टी स्थायी समिति सदस्यका रामकुमारी झाँक्रीको अभिव्यक्तिबारेमा पनि छलफल हुने बताइएको छ। 

झाँक्रीले एक सार्वजनिक कार्यक्रममा अध्यक्ष नेपाललाई सिनोसँग तुलना गर्दै अब काँधमा हालेर हिँड्न नसकिने बताएकी थिईन्।

पार्टीका केही नेताहरुले झाँक्रीलाई कारबाही गर्नुपर्ने बताउँदै आएका छन्। झाँक्रीको पार्टी सदस्यता नै खोसिनुपर्ने उनीहरुको मत रहेको छ।

प्रकाशित: Jul 06, 2025| 13:41 आइतबार, असार २२, २०८२
प्रतिक्रिया दिनुहोस्