सोमबार, पुस १४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्राधिकरणसम्बन्धी विधेयक अगाडि बढाउन ढिलाइ गर्नुहुन्न : मन्त्री पाण्डे

प्राधिकरणसम्बन्धी विधेयक अगाडि बढाउन ढिलाइ गर्नुहुन्न : मन्त्री पाण्डे

 |  शुक्रबार, असार २०, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २०, २०८२

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक २०८१ लाई ढिलाइ नगरी यथाशीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

National life

शुक्रबार प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा भएको बैठकमा बोल्दै मन्त्री पाण्डेले विधेयक सरकारले मात्र होइन, सम्बन्धित समिति, सरोकारवाला निकाय तथा विज्ञहरूको सुझावका आधारमा अघि बढ्ने स्पष्ट पारे।  ‘प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायको रूपमा छुट्टाछुट्टै संरचना आवश्यक छ,’ मन्त्री पाण्डेले भने, ‘आईकाओ लगायतका अन्तर्राष्ट्रिय निकायको सिफारिस र नेपालको आवश्यकताका आधारमा विधेयक ल्याइएको हो।’

उनले नेपालमा हवाई सुरक्षासम्बन्धी चुनौती कायमै रहेको उल्लेख गर्दै विधेयक विभाजनको विषयमा कुनै अन्योल नरहेको प्रस्ट पारे। मन्त्री पाण्डेले विधेयक तयार पार्ने क्रममा सरोकारवाला निकाय र विज्ञहरूसँग पटक–पटक छलफल र परामर्श गरिएको जानकारी दिए। उनले नियामक र सेवा प्रदायक निकाय छुट्टिएर स्वायत्त रूपमा सञ्चालनमा आए मात्र हवाई सुरक्षामा सुधार आउनेमा विश्वास व्यक्त गरे।

उक्त विधेयकमाथि प्रतिनिधि सभाका ७५ जना सांसदहरूले सक्रिय रूपमा भाग लिएर छलफल भइसकेको र अब संशोधनमाथि गहन छलफल गरेर निष्कर्षमा पुगिने विश्वास उनले व्यक्त गरे। 

यसैबिच समितिका सभापति राजकिशोर यादवले विधेयक महत्त्वपूर्ण प्रकृतिको भएको उल्लेख गर्दै सांसदहरूलाई गम्भीरतापूर्वक छलफलमा सहभागी भई मार्ग प्रशस्त गर्न आग्रह गरे। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 04, 2025| 14:54 शुक्रबार, असार २०, २०८२
प्रतिक्रिया दिनुहोस्