सोमबार, पुस १४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • रास्वपाले 'कुलिङ पिरियड'मा हेरफेरबारे संसदीय छानबिन समिति गठनको माग गर्ने

रास्वपाले 'कुलिङ पिरियड'मा हेरफेरबारे संसदीय छानबिन समिति गठनको माग गर्ने

 |  बिहीबार, असार १९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असार १९, २०८२

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’बारे भएको हेरफेरप्रति आपत्ति जनाएको छ। 

National life

रास्वपाको आज बसेको पार्टी सचिवालयको बैठकले प्रतिनिधिसभाबाट पारित निजामती सेवा विधेयकमा समावेश कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको हेरफेरमा संलग्नको छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्ने निर्णय गरेको हो। 

बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता मनिष झाले विधायिकी प्रक्रियामाथि चलखेल वा बदमासीपूर्ण गतिविधि असह्य र संसद्को गरिमा जोगाउने पक्षमा पार्टी स्पष्ट रहेको बताए। आज पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा आगामी कार्तिक २७ गते हुने रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा उम्मेद्वार छनोटका विषयमा छलफल भएको थियो। 

आगामी आइतबारको सचिवालय बैठकमा उम्मेद्वार छनोट कार्यविधि अनुमोदनका लागि प्रस्तुत गर्ने निर्णय गरेको छ। त्यसैगरी भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने र छानबिनका लागि सहजीकरणका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागलाई यथावत् राख्दै संसद्मा चलिरहेको प्रतिरोधलाई निरन्तरता दिने निर्णय गरेको छ।

बैठकले पार्टीका केन्द्रीय विभाग सक्रिय बनाउने निर्णय गरेको छ। विभाग प्रमुखहरूले रिक्त पदपूर्ति र असार मसान्तसम्मको कार्यसम्पादन प्रतिवेदन आगामी साउन ७ भित्र पेस गर्न निर्देशन दिएको प्रवक्ता झाले जानकारी दिए। 

Laxmi sunrise bank
kumari

बैठकले केन्द्रीय सङ्गठन विभागमा तीन सदस्य मनोनीत गर्ने निर्णय गरेको छ। केन्द्रीय सङ्गठन विभाग सदस्यहरुमा  प्रमीला भुसाल, मानकुमार लामा र  सुशील अधिकारीलाई मनोनीत गरेको हो।

प्रकाशित: Jul 03, 2025| 19:50 बिहीबार, असार १९, २०८२
प्रतिक्रिया दिनुहोस्