बिहीबार, असार १९, २०८२

'विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ'

 |  बुधबार, असार १८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार १८, २०८२

vianetvianet

काठमाडौं- राष्ट्रिय सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारले विद्यालय शिक्षा विधेयक नरोकेकाले शीघ्र आउने स्पष्ट पारेका छन्। ‘विनियोजन विधेयक, २०८२’ का सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि राष्ट्रिय सभाका सांसदले उठाएको जिज्ञासाको जवाफमा उनले केही विषयमा सहमति जुटाउनुपर्ने आवश्यकता देखिएकाले केही दिन विधेयक स्थगन गरिएको बताए। शिक्षक महासंघसँग भएको सहमतिअनुसार यही असार १५ गतेभित्र सो विधेयक प्रस्तुत गर्ने समयसीमा थियो। 

विद्यालय शिक्षा विधेयक विभिन्न समयमा भएका सम्झौता समेट्ने गरी अगाडि बढाइएको उनले जानकारी दिए। पछिल्लोपटक शिक्षक महासंघसँग भएको नौबुँदे सहमतिअनुसार केही विषय सम्बोधन भइसकेको र महासंघसँग भएको सहमतिअनुसार विद्यालय शिक्षा विधेयक अगाडि बढाइएको उनको भनाइ छ। 

 महासंघसँग भएको नौबुँदे सहमतिका अधिकांश विषय आगामी आवको बजेटमा समावेश गरिएको शिक्षामन्त्री पन्तले जानकारी दिए। यो विधेयक आउँदा शिक्षकले मात्रै नभई देश र जनताले जित्ने भएकाले सबैभन्दा बढी ध्यान यसैमा केन्द्रित गरिएको उनले  उल्लेख गरे। 

शिक्षा क्षेत्र मुलुकको विकास र प्रगतिका लागि महत्त्वपूर्ण रहेको आवश्यकता बोध गरी सरकारले आगामी आवका लागि सबैभन्दा बढी बजेट विनियोजन गरेको उनले बताए।

प्रकाशित: Jul 02, 2025| 15:14 बुधबार, असार १८, २०८२
प्रतिक्रिया दिनुहोस्