शुक्रबार, असार ५, २०८३

संसद्लाई जनमुखी बनाउन आवश्यक : राष्ट्रियसभा अध्यक्ष

 |  सोमबार, असार १६, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, असार १६, २०८२

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्लाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

National life

संसद् दिवस को अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै उनले संसद दिवस मनाइरहँदा संसद्ले अझ प्रभावकारी रुपमा समाज र राष्ट्रको हितमा काम गर्नुपर्ने उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘हाम्रो साझा उद्देश्य संसदलाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनतर्फ केन्द्रित हुनुपर्दछ, यसका लागि सांसदहरूको क्षमतामा वृद्धिसँगै संसदीय अभ्यासमा आधुनिक प्रविधिको प्रयोग, विषयगत अनुसन्धान, जनतासँगको सम्बन्ध र कार्यपालिकामाथिको निगरानीको भूमिकामा सुधार आवश्यक छ।’

अध्यक्ष दाहालले संसद्लाई अझ बढी जनताको आवाज उठाउने थलोका रूपमा कसरी अझै बढी स्थापित गर्न सकिन्छ भन्नेतर्फ सबैको ध्यान जान जरूरी रहेको उल्लेख गरेका छन्।

उनले संसदलाई सत्ताको जोड घटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानून निर्माण गर्ने थलोका रुपमा विकास गर्न संसद् दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

Shivam cement

दिवसका अवसरमा अध्यक्ष दाहालले लोकतन्त्र प्राप्तिका लागि भएका ऐतिहासिक जनसङ्घर्ष, जनयुद्ध र जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रकाशित: Jun 30, 2025| 07:34 सोमबार, असार १६, २०८२
प्रतिक्रिया दिनुहोस्