मंगलबार, भदौ १०, २०८२

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीले सम्बोधन गर्ने

 |  शनिबार, असार १४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार १४, २०८२

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।  बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।

प्रधानमन्त्री ओली आज साँझ ६ बजे स्पेन भ्रमण जाँदै छन्। सम्बोधनका क्रममा उनले भ्रमणबारे संसदमा जानकारी गराउनुका साथै समसामयिक विषयमा सम्बोधन गर्ने बताइएको छ। 

संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आज स्पेन प्रस्थान गर्ने भएका छन्।

प्रकाशित: Jun 28, 2025| 08:27 शनिबार, असार १४, २०८२
प्रतिक्रिया दिनुहोस्