बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाली नागरिकता लिने भारतीयलाई थुनामा राख्न उच्च अदालतको आदेश

नेपाली नागरिकता लिने भारतीयलाई थुनामा राख्न उच्च अदालतको आदेश

नेपाली नागरिकता लिने भारतीय नागरिकलाई पूर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत विराटनगरले आदेश दिएको छ।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

विराटनगर- नेपाली नागरिकता लिने भारतीय नागरिकलाई पूर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत विराटनगरले आदेश दिएको छ। 

सुनसरी अदालतको विवादस्पद आदेश बदर गर्दै उच्चले सुनसरीको साविकको दुहवी–६ बाट नेपाली नागरिकता लिएका अभियुक्त अनिरुद्र भनिने अनिरुद्ध शर्मालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश किरणदेवी गुप्ताको संयुक्त इजलासले शर्मालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओमराज सुवेदीले बताए। 

विद्यमान कानुनी व्यवस्थालाई मिचेर जिल्ला अदालत सुनसरीका न्यायाधीश हेमबहादुर सेनको इजलासले शर्मालाई गत जेठ १६ गते ६० हजार रूपैयाँ धरौटीमा छाड्ने विवादास्पद आदेश दिएको थियो। उच्चले जिल्लाको उक्त आदेश बेरीतको रहेको ठहर गर्दै सोमबार बदर पनि गरिदिएको सुवेदीले बताए। उनका अनुसार उच्चबाट जिल्लाको आदेश बदर गर्दै प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा राख्न सुनसरी अदालतका नाममा आदेश जारी भएको छ। 

झुठा विवरण पेस गरेर सुनसरीको साविकको दुहवी–६ बाट २०६३ साल माघ ७ गते नेपाली नागरिकता लिएको खुलेपछि प्रहरीले पक्राउ गरेर भारतीय नागरिक शर्माविरुद्ध नागरिकता ऐनअन्तर्गतको मुद्दा चलाएको थियो। झुठा विवरण पेस गरेर नेपाली नागरिकता लिएका विदेशी नागरिकलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना अर्थात दुवै सजाय हुने कानुनी प्रावधान छ।  

नागरिकता वितरण टोलीमार्फत जन्मसिद्धका आधारमा शर्माले ०३३००९/३२५ नम्बरको नेपाली नागरिकता लिएको प्रमाण फेला परेपछि प्रहरीले उनीविरुद्ध नागरिकता ऐनअन्तर्गत मुद्दा चलाएको थियो। उनी वैशाख २० गते विराटनगरबाट पक्राउ परेका हुन्।  

प्रहरीले पटकपटक पत्र पठाएर शर्माले नागरिकता लिने बेलामा भरेको अनुसूचि फारमलगायतका कागजपत्र उपलब्ध गराउन आग्रह गरे पनि प्रशासनले चासो नदिँदा नागरिकता दिलाउन भूमिका खेल्नेहरू कारबाहीको दायरामा आउन सकेका छैनन्। 

उच्चले थुनामा राख्न आदेश दिए पनि गलत विवरण पेस गरेर नेपाली नागरिकता लिएका शर्मा भने जिल्लाले धरौटीमा छाड्न आदेश दिएपछि नै फरार बनेको प्रहरी स्रोतको भनाइ छ। सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले उच्चको आदेशपछि शर्माको खोजी तीब्र पारिएको बताए।

प्रकाशित: Jul 28, 2021| 10:30 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।