आइतबार, मंसिर २८, २०८२

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

 |  आइतबार, असार ८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असार ८, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ। आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ। 

सङ्घीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल हुनेछ। यस्तै, सांसदहरूले राख्नुभएको खर्च कटौतीको प्रस्तावसमेत पेस हुनेछ।

यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्नेछन्। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: Jun 22, 2025| 06:32 आइतबार, असार ८, २०८२
प्रतिक्रिया दिनुहोस्