आइतबार, पुस १३, २०८२

रास्वपाले असार ७ मा तेस्रो स्थापना दिवस मनाउने

 |  बिहीबार, असार ५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असार ५, २०८२

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही असार ७ गते तेस्रो स्थापना दिवस मनाउने भएको छ।

National life

‘लुटतन्त्रको खारेजी एवम् सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसद्मा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गर्दै तेस्रो स्थापना दिवस मनाउने रास्वपाको सचिवालय बैठकले निर्णय गरेको हो।   

बुधबार बसेको पार्टीको सचिवालयको बैठकले स्थापना दिवसका दिन बिहान पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्नेलगायत विभिन्न नौ बुँदे निर्णय गरेको छ। पार्टी सभापति रवि लामिछानेमाथि लगाइएको मुद्दाको वर्तमान अवस्था र ‘भिजिट भिसा’ प्रकरणमा पार्टीको संसदीय गतिविधिबारे गहन छलफल भएको कार्यवाहक प्रवक्ता झाले  जानकारी दिए।

बैठकले रास्वपाको केन्द्रीय विभागमा मनोनयन तथा जिम्मेवारी हेरफेर गर्ने निर्णयसमेत गरेको छ। नीति तथा विचार विभागको  प्रमुखमा डा स्वर्णिम वाग्ले र उपप्रमुखको जिम्मेवारी सन्तोष परियारलाई तोकिएको छ।

सचिवालयको बैठकले अभियान तथा प्रचारप्रसार विभागका  प्रमुखमा मनिष झा, कृषि विभागका प्रमुखमा राजन गौतम र ऊर्जा तथा जलस्रोत विभागको संयोजकको जिम्मेवारी राम न्यौपानेलाई तोकेको छ।  

Laxmi sunrise bank
kumari

रास्वपाले विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने भन्दै ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्ने निर्णय गरेको छ।

पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन सफल बनाउन सातै प्रदेशमा महाधिवेशन केन्द्रित सङ्गठन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रकाशित: Jun 19, 2025| 12:43 बिहीबार, असार ५, २०८२
प्रतिक्रिया दिनुहोस्