शुक्रबार, असार ५, २०८३

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

 |  बुधबार, असार ४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असार ४, २०८२

काठमाडौं- सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैंकबाट प्राप्त हुने करिव २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ। 

National life

असार २ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

यस्तै बैठकले दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ करोड ८० लाख नेपाली रूपियाँ अनुदान सहायता स्वीकार गरेको पनि उनले जानकारी दिए।

बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन अन्तर्गत हेटौंडा इजलासका न्यायाधीश डा. शान्ता सेढाईलाई तोक्ने निर्णय गरेको छ भने सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको छ।

Shivam cement

प्रकाशित: Jun 18, 2025| 15:37 बुधबार, असार ४, २०८२
प्रतिक्रिया दिनुहोस्