आइतबार, पुस १३, २०८२

जुम्लामा भेडापालक किसानलाई गोठालो भत्ता

 |  बुधबार, असार ४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असार ४, २०८२

जुम्ला- जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि प्रोत्साहन भत्ता अर्थात् (गोठालो भत्ता) को व्यवस्था गरिएपछि जुम्लाका किसान उत्साहित भएकाछन्।

National life

भेडापालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत यहाँका करिब २३० जना भेडापालक किसानलाई गोठालो भत्ता प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले जानकारी दिए।

कार्यालयबाट प्रदान गरिएको उक्त कार्यक्रमबाट भेडापालनमा थप व्यवसायमा टेवा पुगेको छ। जिल्लाको सिंजा गाउँपालिका–६ का भेडापालक किसान भीमबहादुर रावतले भने,‘यो आवमा १८ हजार प्रोत्साहन भत्ता पाएको छु। अहिले १०० भन्दाबढी भेडा रहेकाछन्। सो रकमले भेडाको रोग उपचारदेखि अन्य खर्चमा सहयोग पुगेको भेडापालक किसान रावतको भनाइ छ।’

चालु आर्थिक वर्षमा यहाँका २३० जना भेडा किसानले प्रोत्साहन भत्ता पाएकाछन्। कर्णाली प्रदेश सरकारले ५० भन्दा बढी भेडा पाल्ने किसानलाई भत्ता दिँदै आएको छ। जिल्लामा करिब १७ सयभन्दा बढी भेडा किसानछन्। जहाँ ८८ हजार ३८८ भेडा र ४३ हजार ३०६ बाख्रा किसानले पालिएका छन्।

जिल्लाभर ६९ हजार हेक्टर चरण क्षेत्र रहेको छ। सबैभन्दा बढी पातारासी गाउँपालिकामा भेडा पाल्ने किसान रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए।भौतिक संरचना, खर्क सुधार र चरण क्षेत्रको विस्तारमा यहाँका स्थानीय तहको ध्यान जान नसकेको तिला गाउँपालिका–१ भेडा पालक किसान रुञ्ज रावतको भनाइ छ।

Laxmi sunrise bank
kumari

कर्णाली प्रदेशको पशुपक्षी विकास निर्देशनालयले जुम्लालगायत कालिकोट, हुम्ला, मुगु र डोल्पामा यो कार्यक्रम लागु गरेको छ।

प्रकाशित: Jun 18, 2025| 14:03 बुधबार, असार ४, २०८२
प्रतिक्रिया दिनुहोस्