शुक्रबार, असार ५, २०८३

माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, पाँच जना घाइते

 |  बुधबार, असार ४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असार ४, २०८२

हुम्ला- हुम्लाको सिमकोट गाउँपालिका–४ स्थित बुराउसेमा माटोको ढिस्को खस्दा घाइते भएकी सुवित्रा विकको उपचारको क्रममा मृत्यु भएको छ। 

National life

निर्माणाधीन सडकमा ग्याबिन भर्ने उद्देश्यले जग खन्ने क्रममा अचानक माथिबाट माटोको ठूलो ढिस्को खस्दा सो दुर्घटना भएको हो।

घटनामा परी गम्भीर घाइते भएकी २३ वर्षीया विकको उपचारको क्रममा जिल्ला अस्पताल सिमकोटमा मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए।

सोही घटनामा परी घाइते भएका पाँच जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको उपरीक्षक पोखरेलले बताए।

घाइते हुनेमा बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका–१ का २५ वर्षीय पदम सार्की, सिमकोट गाउँपालिका–४ का अन्दाजी २२ वर्षीया शर्मिला विक, सिमकोट गाउँपालिका–४ का ५४ वर्षीया हीरा लामा, ४० वर्षीय पेमा लामा र ५० वर्षीया डोल्मा लामा रहेका छन्।

Shivam cement

उनीहरूको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ।

प्रकाशित: Jun 18, 2025| 08:03 बुधबार, असार ४, २०८२
प्रतिक्रिया दिनुहोस्