शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गृहमन्त्रीको राजीनामा र संसदीय छानबिनबिनै गल्यो माओवादी, के गर्ला रास्वपा ?

गृहमन्त्रीको राजीनामा र संसदीय छानबिनबिनै गल्यो माओवादी, के गर्ला रास्वपा ?

 |  बिहीबार, जेठ २९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०८२

काठमाडौं- संसद्‍मा लामो समयदेखि भइरहेको गतिरोध अन्त्यका लागि प्रमुख तीन दलबीच सहमति जुटेको छ। 

National life

सत्तारूढ नेपाली कांग्रेस, नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) बीच दुईबुँदे सहमति भएको हो।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदीय छानबिन समिति गठनमा अडिग रहेको माओवादी अन्तत: यी दुवैमा लचक भएको हो। 

भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई सहयोग गर्ने पहिलो सहमति तीन दलबीच भएको छ। दोस्रो बुँदामा भने अध्यागमन कार्यालयमा विगतदेखि देखिएका समस्या छानबिन गर्ने विषय उल्लेख छ।

अध्यागमनमा देखिएका नीतिगत, संरचनागत र कानुनी समस्याहरूलाई अध्ययन छानबिन गर्न नेपाल सरकारले प्रतिबद्धता व्यक्त गर्ने कुरा सहमतिको बुँदामा समावेश छ। 

Shivam cement

प्रमुख तीन दलबीच सहमति जुटे पनि रास्वपा, राप्रपा लगायत अरु दलसँग सहमति जुटिसकेको छैन। संसद् खुलाउन आफैं अग्रसर देखिएका माओवादी अध्यक्ष प्रचण्डले आफूहरुबीच भएको सहमतिबारे रास्वपासँग छलफलमा गर्ने भएका छन्।

भिजिट भिसा प्रकरणलाई लिएर दुई सातादेखि संसद् बन्धक छ। जेठ १५ अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गरेयता प्रतिनिधि सभाको बैठक बस्न सकेको छैन।
 

प्रकाशित: Jun 12, 2025| 18:28 बिहीबार, जेठ २९, २०८२
प्रतिक्रिया दिनुहोस्