शुक्रबार, जेठ ३०, २०८२

भिजिट भिसा प्रकरण नसल्टाई बजेट छलफल सुरु हुँदैन: मा‌ओवादी

 |  बुधबार, जेठ २८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०८२

vianetvianet

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुनले बजेटमाथि छलफल हुनुपूर्व भिजिट भिसा प्रकरण सल्टिनुपर्ने बताएका छन्।

संसद् भवन परिसरमा आज पत्रकारहरूसँग कुरा गर्दै पुनले भने,  'सदन चलाउनुपर्छ, त्यो सरकारको जिम्मेवारी हो। बजेट हामीले प्रस्तुत हुन दिएका छौं, त्यसमाथि छलफल हुनुपर्छ। त्यसअघि खासगरी भिजिट भिसासम्बन्धी प्रकरणलाई सरकारले सल्टाउनुपर्छ।' उनले यसमा सरकार लचक बन्नुपर्ने बताए। आफूहरूले विषयलाई सहज ढंगले सल्टाउन खोजेको दाबी गर्दै उनले भने, 'सरकार लचक बन्नुपर्‍यो, कि इस्यू होइन भन्नुपर्‍यो कि प्रतिपक्षले उठाएको इस्यू बेठीक छ भन्न सक्नुपर्छ कि सही छ भने छलफलमार्फत टुंग्याउनुपर्छ।'

भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन्। उनीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा पनि मागेका छन्।

बजेट प्रस्तुत हुने दिन जेठ १५ पछि संसद् बैठक बस्न सकेको छैन। त्यसअघि देखि नै स‌ंसद् अवरुद्ध गरिरहेका विपक्षीले संवैधानिक संकट आउने भन्दै बजेट पेश गर्न भने दिएका थिए।

प्रकाशित: Jun 11, 2025| 16:27 बुधबार, जेठ २८, २०८२
प्रतिक्रिया दिनुहोस्