काठमाडौं- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को आसन्न २४औ राष्ट्रिय महाधिवेशनमा भरत सिंह धामी (लिपुलेक)ले केन्द्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। डेढ दशकदेखि निरन्तर विद्यार्थी आन्दोलनमा सक्रिय धामी संगठनमा आफ्नो नेतृत्व क्षमता र जनस्तरको समर्थनलाई आधार बनाउँदै उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन्।
उच्च राजनीतिक चेतना, बिद्रोह स्वभाव, संगठनात्मक अनुशासन र संघर्षशील व्यक्तित्व भएका धामी विद्यार्थी आन्दोलनलाई नयाँ ऊर्जा र उत्साह प्रदान गरेका छन्।
सीमावाद, राष्ट्रवाद र शिक्षामा समान पहुँच जस्ता मुद्दाहरूमा उनको स्पष्ट दृष्टिकोणले युवा पुस्तालाई प्रभावित बनाउँदै आएको छ।