शनिबार, वैशाख १९, २०८३

ओलीमाथि भण्डारीको कटाक्ष- म जिल्ला जाँदा एमालेलाई सोध्नु पर्दैन

 |  मंगलबार, जेठ २७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०८२

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू जिल्ला भ्रमणमा जाँदा नेकपा एमालेलाई सोध्नु नपर्ने बताएकी छन्। आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले यस्तो बताएकी हुन्।

National life

तपाईं पूर्व आउँदा काठमाडौंतिर किन भुइँचालो जान्छ भनेर सञ्चारकर्मीले प्रश्न गर्दा भण्डारीले भनिन्, ‘पूर्वमा म दुईवटा कार्यक्रमको सन्दर्भमा आएको हो। पालिकाका उपप्रमुख र उपाध्यक्षहरूको राष्ट्रिय स्तरको कार्यक्रम थियो, त्यसको सन्दर्भमा म आएको हुँ। अर्को चाहिँ हाइस्कुलका विद्यार्थीहरुले विज्ञान प्रदर्शनी गरेका थिए। मलाई पनि रुचि थियो उहाँहरूले बोलाउनुभयो र आएँ। चिनजान ठूलै छ, समाजका अरुअरु क्षेत्रहरूमा पनि चिनजान हुन्छ। जनताको आकांक्षा बुझ्न म लागेको छु। म देशभित्र घुमफिर गर्न एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनु पर्दैन।’ 

केही समययता भण्डारी देशविदेश भ्रमण गरिरहेकी छन्। उनी राजनीतिमा फर्किने चर्चा छ र यसलाई उनी आफैंले पनि नकारेकी छैनन्। राष्ट्रपति हुनुअघि उनी एमाले उपाध्यक्ष थिइन्। अब उनी एमाले अध्यक्ष बन्ने ध्याउन्नमा रहेको बताइन्छ।

एमाले अध्यक्ष केपी ओली भण्डारीको सक्रियताले सशंकित बनेका छन्। हिजोमात्रै काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले महाधिवेशनको मिति नै घोषणा नभएको बेलामा भ्रमको पछि नलाग्न आग्रह गरे। फलाना आउने अरे भन्दै फिँजाइएका भ्रममा विश्वास नगर्न उनले आग्रह गरे। गुट नै बनिसकेको भन्दै प्रचार गरिएको उल्लेख गर्दै उनले गुटको कुरा गर्नेहरूको प्रतिकार गर्न कार्यकतालाई निर्देशन दिए।

पूर्वराष्ट्रपति भण्डारीको बारेमा पार्टीमा कुनै छलफल नै नभएको बताउँदै ओलीले महाधिवेशन घोषणा पनि नभएको र महाधिवेशनमा के गर्ने भन्ने सरसल्लाह नै नभएको जिकिर गरे।

प्रकाशित: Jun 10, 2025| 12:16 मंगलबार, जेठ २७, २०८२
प्रतिक्रिया दिनुहोस्