शुक्रबार, असार ५, २०८३

प्रतिनिधिसभाको बैठक आज बस्ने, यस्तो छ कार्यसूची

 |  आइतबार, जेठ २५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०८२
National life
Shivam cement

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक आज दिउँसो १:०० बजे बस्ने गरी समय निर्धारण भएको छ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ।
 
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन्।

प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। ‘भिजिट भिसा’ प्रकरणमा बदमासी भएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै लगातार बैठक अवरुद्ध गर्दै आएका छन्। सोही कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।

प्रकाशित: Jun 08, 2025| 06:56 आइतबार, जेठ २५, २०८२
प्रतिक्रिया दिनुहोस्