शुक्रबार, असार ५, २०८३

आइतबार दिउँसो एक बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

 |  शुक्रबार, जेठ २३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०८२
National life
Shivam cement

काठमाडौं- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक यही जेठ २५ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ। 

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक चलाउन सहमति नजुटेपछि आइतबार दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको सङ्घीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
 
आजको बैठकमा प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्नेलगायत तीन बुँदे मागलाई यथावत् राख्ने निष्कर्ष निकालेपछि सूचना टाँस गरेर आइतबार दिउँसो एक बजे बस्ने गरी तोकिएको हो। 

संसद्मा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) एवं प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) को आज संसद् भवन सिंहदरबारमा बसेको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म बैठक चल्न नदिने यसअघिको निर्णयलाई यथावत् राख्ने निष्कर्ष निकालेको थियो।

प्रकाशित: Jun 06, 2025| 15:41 शुक्रबार, जेठ २३, २०८२
प्रतिक्रिया दिनुहोस्