शनिबार, जेठ २४, २०८२

मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छः देउवा

 |  शुक्रबार, जेठ २३, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०८२

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन्।  

शुक्रबार पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै उनले आलोपालोको सहमितअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन्। 

सभापति देउवाले यस विषयमा चाँडै सत्ता सहयात्री दलसँग छलफल गरिने समेत बताए । उनले भने ‘आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ।’

त्यस अवसरमा नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेश प्रदेश सभापति कृष्ण यादवलगायतको उपस्थिति थियो ।

प्रकाशित: Jun 06, 2025| 12:10 शुक्रबार, जेठ २३, २०८२
प्रतिक्रिया दिनुहोस्