शुक्रबार, असार ५, २०८३

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

 |  बिहीबार, जेठ २२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०८२

काठमाडौं- सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने कार्यतालिका छ। 

National life

प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ।

बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको ब्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ। 

विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको लागि संसदीय समिति गठनको माग राख्दै संसद् अवरोध गर्दै आएकोले आजको बैठक कार्यसूचीमा प्रवेश गर्न पाउनेमा आशङ्का भने कायमै छ। 

Shivam cement

प्रकाशित: Jun 05, 2025| 07:47 बिहीबार, जेठ २२, २०८२
प्रतिक्रिया दिनुहोस्