आइतबार, पुस १३, २०८२

संसद् चलाउन जुटेन सहमति, सूचना टाँसेर बैठक स्थगित

 |  बुधबार, जेठ २१, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०८२

काठमाडौं- प्रतिनिधि सभाको बैठक भोलि बिहीबारसम्मका लागि स्थगित भएको छ। 

National life

‘विशेष कारण’ले निर्धारित समयमा आज बैठक बस्न नसकेकाले भोलि दिउँसो १ बजेलाई तोकिएको संसद् सचिवालयले जनाएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहे-नरहेको छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने र सो समितिलाई सघाउन मन्त्रीले राजीनामा गर्नुपर्ने भन्दै प्रतिपक्षी दलहरुले संसद् बैठक अवरोध गर्दै आएका छन्। 

सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि सत्ता र प्रतिपक्ष आफ्नो अडानबाट पछि नहटेपछि सहमति हुन सकेन।

प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा मागिरहँदा सत्तापक्षले भने गृहमन्त्रीले सदनमा जवाफ दिएपछि मात्र अरु विषयमा कुरा हुने अडान राखेको छ। 
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 04, 2025| 15:57 बुधबार, जेठ २१, २०८२
प्रतिक्रिया दिनुहोस्