सोमबार, भदौ २२, २०८३

संसद् चलाउन जुटेन सहमति, सूचना टाँसेर बैठक स्थगित

 |  बुधबार, जेठ २१, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०८२

काठमाडौं- प्रतिनिधि सभाको बैठक भोलि बिहीबारसम्मका लागि स्थगित भएको छ। 

‘विशेष कारण’ले निर्धारित समयमा आज बैठक बस्न नसकेकाले भोलि दिउँसो १ बजेलाई तोकिएको संसद् सचिवालयले जनाएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहे-नरहेको छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने र सो समितिलाई सघाउन मन्त्रीले राजीनामा गर्नुपर्ने भन्दै प्रतिपक्षी दलहरुले संसद् बैठक अवरोध गर्दै आएका छन्। 

सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि सत्ता र प्रतिपक्ष आफ्नो अडानबाट पछि नहटेपछि सहमति हुन सकेन।

प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा मागिरहँदा सत्तापक्षले भने गृहमन्त्रीले सदनमा जवाफ दिएपछि मात्र अरु विषयमा कुरा हुने अडान राखेको छ। 
 

प्रकाशित: Jun 04, 2025| 15:57 बुधबार, जेठ २१, २०८२
प्रतिक्रिया दिनुहोस्