बिहीबार, जेठ २२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन गर्ने दललाई कारबाही गर्न आयोगमा उजुरी

गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन गर्ने दललाई कारबाही गर्न आयोगमा उजुरी

 |  मंगलबार, जेठ २०, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०८२

vianetvianet
National life insurance

काठमाडौं- गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन गर्ने राजनीतिक दललाई कारबाहीको माग गरी निर्वाचन आयोगमा उजुरी परेको छ । अधिवक्ता प्रेमराज सिलवालले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहितलाई भेटेर सोमबार उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा आयोगदमा दर्ता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपालको संविधान र गणतान्त्रिक संवैधानिक प्रणालीविरोधी सडक प्रदर्शन गरिरहेको उल्लेख छ । जुन संविधान र कानुनविपरीत भएको जिकिर रिटमा गरिएको छ ।

उजुरीमा नेपालको संविधानको आधारभूत संरचना, चरित्र र संवैधानिक प्रबन्ध लोकतान्त्रिक, गणतान्त्रिक रहेको स्पष्टै रहेकाले संवैधानिक प्रबन्धलाई राप्रपाले ०८२ जेठ १५ गतेदेखि गरेको आन्दोलनको नाममा गम्भीर प्रकारले उल्लंघन गरेकाले कारबाही गर्न माग गरिएको छ ।

प्रकाशित: Jun 03, 2025| 18:47 मंगलबार, जेठ २०, २०८२
प्रतिक्रिया दिनुहोस्