आइतबार, पुस १३, २०८२

प्राकृतिक विपद्‍बारे सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

 |  मंगलबार, जेठ २०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०८२

काठमाडौं- राष्ट्रियसभा सदस्यहरुले विपद् जोखिम न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले बर्खा सुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोजस्ता विपद्को जोखिमतर्फ ध्यानाकर्षण गराउँदै पूर्वतयारी र सतर्कता अपनाउन माग गरेका हुन्।  

National life

सांसदहरु तुलसाकुमारी दाहाल, मायाप्रसाद शर्मा र शारदादेवी भट्टले विपद्को आकलनका आधारमा जोखिमयुक्त ठाउँको पहिचान गर्नुपर्नेमा जोड दिए। ‘अध्ययन–अनुसन्धानबिना नदीजन्य उत्खनन गर्ने, अनावश्यक पहाड भत्काउने, प्रकृतिलाई तोडफोड गर्ने कामहरु भइरहेका छन्। यसतर्फ ध्यान दिनुपर्छ’, सांसद दाहालले भने। प्रकोपको जोखिम न्यूनीकरणका लागि स्थायी समाधान खोज्न पहल गर्नुपर्ने उनीहरुले सुझाव दिए।

सांसद जगप्रसाद शर्माले आन्दोलनरत यातायात व्यवसायीसँग वार्ता गरेर तत्काल सार्वजनिक यातायात सञ्चालनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। उनले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसलाई व्यावहारिक कार्यान्वयनका लागि आह्वान गर्दै यस दिन सार्वजनिक बिदाको व्यवस्था गर्न समेत माग गरे। 

सांसद सुमित्रा बिसीले यातायात व्यवसायीको आन्दोलनका कारण यात्रु ‘राइड सेयरिङ’ सेवा प्रयोग गर्दा ठगीमा परेको भन्दै अनुगमन बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्।

सांसद गोपीबहादुर सार्की आछामीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले उपलब्ध गराउँदै आएको सेवासुविधा खारेजको सुझाव दिए। ‘दरबार हत्याकाण्डको आजसम्म छानबिन भएको छैन, छानबिन हुनुपर्छ,’ उनले भने।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 03, 2025| 15:20 मंगलबार, जेठ २०, २०८२
प्रतिक्रिया दिनुहोस्