सोमबार, भदौ २२, २०८३

रास्वपाले बृहत् नीति सम्मेलन आयोजना गर्ने

 |  मंगलबार, जेठ २०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०८२

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो स्थापना दिवसका अवसरमा बृहत् नीति सम्मेलन आयोजना गर्ने भएको छ। सो पार्टीको सोमबार बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको प्रवक्ता (कार्यवाहक) मनिष झाले जानकारी दिए।

उक्त कार्यक्रमका लागि सहमहामन्त्री विपिनकुमार आचार्यलाई आयोजक समितिको संयोजक तोकेको छ। यस्तै, प्रदेश, जिल्ला र स्थानीय तहमा विभिन्न कार्यक्रमहरु गरेर स्थापना दिवस मनाउने निर्णय गरेको छ। सहकारी रकम अपचलनमा कहीँकतै संलग्नता नभएका पार्टी सभापति रवि लामिछानेलाई झुठा मुद्दा लगाइएकोसमेत सो पार्टीले ठहर गरेको छ।

बैठकमा प्रदेश इञ्चार्जहरू सन्तोष परियार (कोसी), मनिष झा (मधेस), लिमा अधिकारी (बागमती), शिशिर खनाल (गण्डकी), विपिनकुमार आचार्य (लुम्बिनी), गणेश पराजुली (कर्णाली) र हरि ढकाल (सुदूरपश्चिम) ले पार्टीको अवस्थाका बारेमा जानकारी गराएका थिए। 

प्रकाशित: Jun 03, 2025| 07:01 मंगलबार, जेठ २०, २०८२
प्रतिक्रिया दिनुहोस्