शुक्रबार, असार ५, २०८३

संस्कृति मास्न सरकार नै उद्धत रहेको सस्कृतिविद्हरुको गुनासो

 |  सोमबार, जेठ १९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०८२

काठमाडौं- संस्कृतिविद्हरुले संस्कार र संस्कृति मास्न सरकार नै उद्धत रहेको आरोप लगाएका छन्। 

National life

पं. नवराज पौडेलको १०५ औं जन्मजयन्तीको अवसरमा पं. नवराज शारदा स्मृति समाजले आयोजना गरेको ‘सामाजिक संस्कार, संस्कृति’ विषयक कार्यक्रमका वक्ताहरुले संस्कृति संरक्षण गर्न भन्दा मास्न सरकार नै सक्रिय रहेको बताएका हुन्। 

उनीहरुले हाम्रा चलिरहेका संस्कार, संस्कृति कर्मकाण्ड, परम्परालाई समय सापेक्ष र परिस्कृत बनाउँदै लैजानुपर्ने बताए। ‘हाल चलिरहेको विधि विधान निकै वैज्ञानिक छ,’ उनीहरुले भनेका छन्। 

काठमाडौं महानगरपालिका वडा ३१ का अध्यक्ष सरोज ढकालले जन्मदेखि मुत्युसम्मका संस्कारहरु समय सापेक्षरुपमा सुधार गर्न बहस चलाउनुपर्ने बताए। ‘अग्रजहरुले अगुवाई गरेर समय सापेक्षरुपमा सुधार गर्नुपर्छ,’ उनले भने। 

कार्यक्रमा समाजका अध्यक्ष निर्मलराज पौडेलले संस्थाले यस विषयमा निरन्तर बहस र छलफल सञ्चालन गर्ने जानकारी दिएका छन्।
 

Shivam cement

प्रकाशित: Jun 02, 2025| 15:39 सोमबार, जेठ १९, २०८२
प्रतिक्रिया दिनुहोस्