शनिबार, पुस १२, २०८२

देशभर यातायात बन्दको प्रभाव, १४ जना पक्राउ

 |  सोमबार, जेठ १९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०८२

काठमाडौं- यातायात व्यवसायीको आन्दोलनका देशभरको सार्वजनिक यातायात प्रभावित भएको छ। 

National life

यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गराएका हुन्। बन्दका कारण निजी सवारीसाधन नहुनेहरु समस्यामा परेका छन्। 

बन्दका क्रममा सडकमा हड्ताल गर्न निस्किएको भन्दै प्रहरीले १४ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार काठमाडौंबाट १२ र पूर्वी नवलपरासीमा २ जना पक्राउ परेका हुन्। 

आन्दोलनरत व्यवसायीसँग आज गृह मन्त्रालयमा वार्ता भए पनि निष्कर्ष टुंगिएन। अर्को वार्ताका लागि वार्ता समिति गठन गर्ने सहमति भएको छ।

प्रकाशित: Jun 02, 2025| 14:48 सोमबार, जेठ १९, २०८२
प्रतिक्रिया दिनुहोस्