शुक्रबार, असार ५, २०८३

सामाजिक सञ्जालमा एमालेको 'म झोले' अभियान

 |  सोमबार, जेठ १९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०८२
National life
Shivam cement

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका एमाले नेताहरूले सामाजिक सञ्जालमा ‘म झोले हो’ भन्ने अभियान चलाएका छन्।

प्रधानमन्त्री ओलीले आफ्नो तस्बिरसहित ‘म झोले हो’ लेखेर फेसबुकमा राखेपछि अर्थमन्त्री विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल, ओलीका मुख्य सल्लाहकार विष्णु रिमाललगायतले झोले लेख्दै फेसबुकमा पोष्ट गरेका छन्।

प्रधानमन्त्री ओलीले तस्बिर राख्दै स्टाटसमा भनेका छन्- ‘हिजोआज एउटालाई भगवान बनाउनुपर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ। भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ ।’

प्रकाशित: Jun 02, 2025| 14:43 सोमबार, जेठ १९, २०८२
प्रतिक्रिया दिनुहोस्