शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पब्लिक गाडी नचल्दा राइड सेयरिङको दशैं, अफलाइनमा चर्को भाडा असुली

पब्लिक गाडी नचल्दा राइड सेयरिङको दशैं, अफलाइनमा चर्को भाडा असुली

 |  सोमबार, जेठ १९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०८२

काठमाडौं- गण्डकी प्रदेशले बनाएको ‘राइड सेयरिङ’सम्बन्धी ऐनको विरोध गर्दै देशभरमा यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन्।

National life

व्यवसायीको आन्दोलनका कारण यात्रुहरुले सास्ती भोग्नु परेको छ। निजी सवारीसाधन नहुनेहरु पैदल यात्रा गर्न बाध्य भएका छन्। त्यसमा पनि महिला, बालबालिका, बिरामी, वृद्धवृद्धालाई झनै मुस्किल भएको छ।

यही मौका छोपेर राइड सेयरिङ व्यवसाय गर्नेहरुले चर्को भाडा असुलेको गुनासो यात्रुले गरेका छन् । सार्वजनिक यातायात नचलेका कारण पठाओ, इन्ड्राइभ लगायतमा महँगो भाडा तिर्नुपरेको उनीहरुले बताएका छन्। उनीहरुले एपको प्रयोग नगरी अफलाइन यात्रु चढाएर महँगो भाडा लिएका हुन्। राइड सेयरिङ एपमा पनि चाप बढेको छ।

यसैबीच, ट्राफिक प्रहरीले यात्रुलाई नठग्न राइड सेयरिङ गर्नेहरुलाई सचेत गराएको छ।

प्रहरीले विभिन्न राइड सेयरिङ एपमार्फत यात्रुहरूलाई बढी भाडा लिने गरेको गुनासो पाइएको भन्दै त्यस्तो अवस्थामा १०३ मा फोन गर्न अनुरोध गरेको छ ।

Shivam cement

प्रहरीले आज एक सूचना जारी गरी बढी भाडा लिने तथा अफलाइन बार्गेनिङ गर्ने गरेको गुनासो आएको प्रहरीले जनाएको छ ।

'विभिन्न राइड सेयरिङ एपमार्फत यात्रुहरूलाई बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने गरेको गुनासोहरू आइरहेको हुनाले राइडरहरूले यस्ता कार्य नगर्न तथा गर्ने गरेको पाइएका नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिनुहुन अनुरोध गर्दछौँ ।'

प्रकाशित: Jun 02, 2025| 11:37 सोमबार, जेठ १९, २०८२
प्रतिक्रिया दिनुहोस्