शुक्रबार, असार ५, २०८३

बन्दमा पनि चलेको छ साझा, प्रहरीले चलायो नि:शुल्क दुइटा बस

 |  सोमबार, जेठ १९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०८२

काठमाडौं- गण्डकी प्रदेशले बनाएको ‘राइड सेयरिङ’सम्बन्धी ऐनको विरोध गर्दै देशभरमा यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन्। 

National life

गण्डकी प्रदेशले रातो नम्बर प्लेटका चारपांग्रे सवारीसाधनलाई पनि राइड सेयरिङको अधिकार दिने गरी राइड सेयरिङ (नियमन र व्यवस्थापन)नियमावली, २०८२ पारित गरेको छ। ऐन खारेजीलगायत माग राख्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् । 

व्यवसायीको आन्दोलनका कारण यात्रुहरुले सास्ती भोग्नु परेको छ। निजी सवारीसाधन नहुनेहरु पैदल यात्रा गर्न बाध्य भएका छन्। त्यसमा पनि महिला, बालबालिका, बिरामी, वृद्धवृद्धालाई झनै मुस्किल भएको छ।

बन्दमा पनि साझा यातायातका बसहरु भने चलिरहेका छन्। साझा यातायात सहकारीद्वारा सञ्चालित छ। 

यसैगरी नेपाल प्रहरीले यात्रुको सहजीकरणका लागि दुईवटा बस चलाउने भएको छ। दुइटा बस दुई वटा छुट्टाछुट्टै रूटमा चल्नेछन्। नेपाल प्रहरीले चलाएको उक्त बसमा यात्रा गर्दा भाडा तिर्नुपर्दैन।

Shivam cement

पहिलो रूटअनुसार नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल र पुन: नक्साल घुम्नेछ।

त्यस्तै, अर्को रूटमा नक्साल, रातोपुल, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकबाट फर्केर आउने र चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै नक्साल पुग्नेछ। 

प्रकाशित: Jun 02, 2025| 11:33 सोमबार, जेठ १९, २०८२
प्रतिक्रिया दिनुहोस्