शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • दरबार हत्याकाण्डको २४ वर्ष: वीरेन्द्र परिवारको सम्झनामा बत्ती बालिँदै

दरबार हत्याकाण्डको २४ वर्ष: वीरेन्द्र परिवारको सम्झनामा बत्ती बालिँदै

 |  सोमबार, जेठ १९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०८२

काठमाडौं- पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औं स्मृति दिवस आज मनाइँदै छ।

National life

विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो। त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा परी त्यसै दिन निधन भएको थियो। अर्ध मूर्छित अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो। दीपेन्द्र अस्पतालमा उपचाररत रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो। 

दीपेन्द्रको पनि २०५८ जेठ २२ गते निधन भएपछि ज्ञानेन्द्रलाई नै राजा घोषणा गरिएको थियो। तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको थियो। 

छानबिन समितिले दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको भन्ने प्रतिवेदन दिएपनि आम नेपालीले यसलाई स्वीकार गरेका छैनन्। पूर्वराजा वीरेन्द्रको परिवार मारिएको सम्झनामा आज विशेष कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो। यस अवसरमा योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले आज जावलाखेलस्थित पूर्वराजा वीरेन्द्रको सालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि सभा आयोजना गरेको छ।

यसैगरी हिमानी ट्रस्टले दरबार हत्याकाण्डमा निधन भएका राजपरिवारका सदस्यहरुको सम्झनामा दीप प्रज्वलन गर्दैछ। नारायणहिटी दरबारभित्रको मन्दिरमा गर्ने भनिएको दीप प्रज्ववल कमलादी गणेश मन्दिरमा सारिएको छ।

Shivam cement

राजावादी आन्दोलनका कारण सरकारले नारायणहिटी क्षेत्रमा निषेधाज्ञा लगाएको छ। दीप प्रज्ववलन कार्यक्रममा काठमाडौंमा उपलब्ध राजपरिवारका सबै सदस्यहरु उपस्थित हुने कार्यक्रम छ। पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भने झापामा छन्। 

काठमाडौंमै रहेका पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानीले दीप प्रज्वलनमा भाग लिने छन्। पारस–हिमानी पुत्र पूर्वनवयुवराज हृदयन्द्र पनि दीप प्रज्वलनमा सरिक हुने कार्यक्रम छ। अमेरिकामा अध्ययन गर्न गएका उनी अहिले छुट्टिमा नेपाल आएका छन्। 
 

प्रकाशित: Jun 02, 2025| 09:59 सोमबार, जेठ १९, २०८२
प्रतिक्रिया दिनुहोस्