बुधबार, जेठ २१, २०८२

व्यवसायीले ठप्प पारे सार्वजनिक यातायात, सर्वसाधारणलाई सास्ती

 |  सोमबार, जेठ १९, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०८२

vianetvianet
National life insurance

काठमाडौं- गण्डकी प्रदेशले बनाएको ‘राइड सेयरिङ’सम्बन्धी ऐनको विरोध गर्दै देशभरमा यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन्। 

गण्डकी प्रदेशले रातो नम्बर प्लेटका चारपांग्रे सवारीसाधनलाई पनि राइड सेयरिङको अधिकार दिने गरी राइड सेयरिङ (नियमन र व्यवस्थापन)नियमावली, २०८२ पारित गरेको छ। ऐन खारेजीलगायत माग राख्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् । 

व्यवसायीको आन्दोलनका कारण यात्रुहरुले सास्ती भोग्नु परेको छ। निजी सवारीसाधन नहुनेहरु पैदल यात्रा गर्न बाध्य भएका छन्। त्यसमा पनि महिला, बालबालिका, बिरामी, वृद्धवृद्धालाई झनै मुस्किल भएको छ।

प्रकाशित: Jun 02, 2025| 09:39 सोमबार, जेठ १९, २०८२
प्रतिक्रिया दिनुहोस्