मंगलबार, जेठ २०, २०८२

राजावादी छाडा हुँदैछन् : प्रचण्ड

 |  आइतबार, जेठ १८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०८२

vianetvianet

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूले पैसाको बलमा भाडाका मान्छे ल्याएर उफार्ने काम गरिरहेको आरोप लगाएका छन्।

उनले राजावादीहरू छाडा भएको र आफूहरूमाथि आक्रमण गर्ने कोसिस भइरहेको भन्दै त्यसको प्रतिवाद गर्नेगरी तयार रहन नेता-कार्यकर्तालाई आग्रह गरे।

पार्टीको भ्रातृ संगठन वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, 'अहिले राजावादीहरूले कताकताबाट पैसा ल्याएका छन् । पैसा त उनीहरूले थुपारेकै होलान् । त्यही पैसाको बलमा भाडाको मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको मैले देखिरहेको छु । तपाईंहरूले देखिराख्नुभएको छ।’

उनले थपे, ‘त्यसकारण, हामी जाइलाग्ने चाहिँ होइन । उनीहरूको आन्दोलनमा गएर आक्रमण गर्ने चाहिँ भन्न मैले खोजेको होइन। तर, उनीहरू छाडा भएका छन् । छाडा भएर हामीहरूमाथि आक्रमण गर्ने कोशिस गर्दैछन् । यदि उनीहरू आइलाग्छन् भने इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस् । गर्नैपर्छ ।’

प्रकाशित: Jun 01, 2025| 16:44 आइतबार, जेठ १८, २०८२
प्रतिक्रिया दिनुहोस्