मंगलबार, जेठ २०, २०८२

कमल थापा पक्राउ परेपछि के भने लिङ्‍देनले ?

 |  आइतबार, जेठ १८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०८२

vianetvianet

काठमाडौं- राजावादी आन्दोलनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई आन्दोलनस्थलमै बुझाउन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई अल्टिमेटम दिएका छन्। 

थापा पक्राउ परेपछि सभालाई सम्बोधन गर्दै लिङ्देनले आन्दोलन अराजक हुन नदिने भए तत्काल थापालाई बुझाउन अल्टिमेटम दिए। उनले भने, 'हामीसँग यहाँ युवा छैनन् होला त ? तोडफोड गर्नुपर्‍यो भने सक्दैनन् होला त ? तर, हामीले त्यो चाहेकै छैन। हाम्रो भद्रतालाई कमजोरी ठान्नेहरू, तपाईंहरू देश लुटिरहनु हुन्छ, पैसा बुझाउन सक्ने र तपाईंले चाहेको मान्छे आईजीपी हुन्छ, तपाईंलाई मन नपरेको मान्छे बढुवा नभई रिटायर हुन्छ ।” 

अपराध कर्ममा सहभागी रहेका कांग्रेस-एमालेहरूलाई अदालतबाट समेत एकै दिन रिहाइ गर्ने गरेको उनले बताए। उनले भने, 'कतै विभेद हुन्छ कि भनेर एकैदिन दुईवटा इजलास चलाएर एमाले र कांग्रेसको अपराधीहरू अदालतबाट छुटाउनु हुन्छ । जिउँदै मान्छे जलाउनेलाई तपाईंहरूले छोडिरहनु भएको छ। यो कुरा हामीलाई मात्र होइन नि ! हाम्रो छेउमा उभिनुभएको प्रहरीलाई पनि थाहा छ ।' 

गणतन्त्रवादी नेतृत्वले ज्यादती गरिरहेको भन्दै उनले त्यसका विरुद्ध विद्रोहको आँट कसै न कसैले गर्नैपर्ने अवस्था आएको बताए। 'तपाईंहरूको ज्यादती सबैलाई थाहा भइसकेको छ । त्यसकारण यसका विरुद्ध कसैले त आँट गर्नुपर्‍यो नि ! हामीले आँट गरेका छौं। यो ज्यान नेपाली जनताका लागि अर्पण गर्न चाहन्छु,' उनले भने।

राजा कसरी ल्याउँछौ भनेर नेताहरूले आफूहरूलाई हियाएको भन्दै उनले बेलायतमा कसरी आएको थियो भनेर इतिहास पढ्न आग्रह गरे। गणतन्त्रवादीहरू असफल भएर नै बेलायतमा राजतन्त्र फर्किएको भन्दै यहाँ पनि गणतन्त्रवादीको ज्यादतीले नै राजतन्त्रको ‘स्पेस’ निर्माण भएको उनले बताए। उनले भने, 'सत्रौं शताव्दीमा बेलायती राजालाई फाँसी दिएर गणतन्त्र ल्याइएको थियो। गणतन्त्रवादी असफल भएर राजतन्त्र फर्कने बेला ओलीभर क्रमवेलको मृत्यु भइसकेको थियो । क्रमवेलको चिहानबाट निकालेर कंकाललाई फाँसीमा चढाएको स्मरण गराउन चाहन्छु।'

National life insurance

प्रकाशित: Jun 01, 2025| 16:40 आइतबार, जेठ १८, २०८२
प्रतिक्रिया दिनुहोस्