शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • प्रधानमन्त्रीले ओलीले गरे मधेश प्रदेशका ६४ सडक योजना शिलान्यास

प्रधानमन्त्रीले ओलीले गरे मधेश प्रदेशका ६४ सडक योजना शिलान्यास

 |  आइतबार, जेठ १८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश सरकारको महत्वाकांक्षी तथा ठूलो लगानीका ६४ वटा पक्की सडक योजनाको शिलान्यास गरेका छन्।

National life

प्रधानमन्त्री ओलीले मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आइतबार जनकपुरधाममा आयोजित कार्यक्रममा डिजिटल प्रविधिमार्फत एकैपटक ६४ आयोजनाको शिलान्यास गरेका हुन्।

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अब मधेश प्रदेशअन्तर्गत आठ जिल्लाका ६४ वटा प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरका दरले ३२० किलोमिटर लम्बाइको पक्की सडक निर्माण हुनेछ। तीन वर्षभित्र सम्पन्न गर्ने सो पक्की सडक निर्माणका लागि कुल १२ अर्ब ७० करोड खर्च हुने प्रदेश सरकारले जनाएको छ।

मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवका अनुसार स्रोत सुनिश्चित भई पूर्वाधार कार्यालयमार्फत ठेक्का प्रक्रिया सम्पन्न भइसकेको छ। आजको शिलान्यासपछि सडक निर्माणको कामले तीव्र गति लिन्छ।

यसअघि पहिलो चरणमा अगाडि बढाइएका ३२० किलोमिटर सडक योजनामध्ये २०० किलोमिटरभन्दा बढी सडक निर्माण सम्पन्न भइसकेको छ, बाँकी भागको सडक निर्माण तीव्र रूपमा बढाइने छ। निर्माण हुने सडकको चौडाइ साढे पाँचदेखि सात मिटर हुनेछ। सडकसँगै प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रमा एकरएक वटा पक्की पुल निर्माणका लागि प्रक्रिया सुरु भइसकेको मन्त्रालयले जनाएको छ।

Shivam cement

यो योजनाले मधेश प्रदेशमा सडक पहुँच अभावमा रहेका गाउँलाई यातायात सञ्जालमा जोड्ने, व्यापार–व्यवसाय प्रवर्द्धन  गर्ने र स्थानीय उत्पादनलाई बजारसम्म लैजान सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित: Jun 01, 2025| 16:13 आइतबार, जेठ १८, २०८२
प्रतिक्रिया दिनुहोस्