मंगलबार, जेठ २०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • कमल थापा पक्राउ परेपछि लिङ्देनले भने- ससम्मान फिर्ता नगरे काठमाडौं ठप्प पार्छौं

कमल थापा पक्राउ परेपछि लिङ्देनले भने- ससम्मान फिर्ता नगरे काठमाडौं ठप्प पार्छौं

 |  आइतबार, जेठ १८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०८२

vianetvianet

काठमाडौं- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ससम्मान रिहा गर्न माग गरेका छन्। अन्यथा भोलिबाट काठमाडौं ठप्प पार्ने चेतावनी उनले दिए।

कमल थापा पक्राउ परेपछि प्रदर्शनकारीलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘अब हामी देशभरबाट साथीभाइहरुलाई बोलाउँछौं, खास लडाइँ भोलिबाट सुरु हुन्छ। अब हामी एक ठाउँमा भेला भएर होइन, ५० ठाउँबाट निस्किन्छौं । कहाँ रोक्नुहुन्छ तपाईं ?’

उनले थपे, ‘कमल थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट काठमाडौं उपत्यका बन्द सुरु हुन्छ।’ उनले आफूहरुको बाध्यतालाई कमजोरी नठान्न चेतावनी दिए।

आज काठमाडौंमा प्रदर्शनको क्रममा प्रहरीले थापालाई नियन्त्रणमा लिएको छ। राप्रपा, राप्रपा नेपालसहितका राजावादी दलहरुले राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग गर्दै यही जेठ १५ गतेदेखि निरन्तर काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले यो आन्दोलनलाई निर्णायक बनाउने बताएका छन्।

आज उनीहरुले नक्साल र बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका थिए। निषेधित क्षेत्र तोड्न खोजेको र भीड भड्काउन खोजेको भन्दै प्रहरीले लाठीचार्ज गरेको थियो। थापा प्रदर्शनकारीको नेतृत्व गर्दै बालुवाटारतर्फ अघि बढ्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अन्य चार जना पनि प्रहरी नियन्त्रणमा छन्।

National life insurance

प्रकाशित: Jun 01, 2025| 15:45 आइतबार, जेठ १८, २०८२
प्रतिक्रिया दिनुहोस्