सोमबार, असोज १२, २०८३

सर्जक गणेश रसिक रहेनन्

 |  आइतबार, जेठ १८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०८२

काठमाडौं- स‌ंगीतकर्मी तथा साहित्यकार गणेश रसिकको निधन भएको छ। केही वर्षदेखि प्रोस्टेट क्यान्सर रोगबाट पीडित रसिकको उपचारका क्रममा आज ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा 
निधन भएको हो।

७८ वर्षीय रसिक वासु शशी स्मृति परिषद्का अध्यक्ष थिए। ‘रातो भाले क्वायाँ क्वायाँ सुत्केरीलाई ख्वायाँ’, ‘घरबेटी नानी आँगनीमा देउन मलाई बास’, ‘धेरै सम्झे धेरै हुन्छ थोरै सम्झे थोरै हुन्छ’, ‘मसँग एउटा तारा छ मायाको’, ‘ए है है...’ जस्ता कालजयी गीतका स्रष्टा रसिकका ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास), ‘दशगजामा उभिएर’ (संस्मरण)लगायत कृति प्रकाशित छन्।

रसिक रत्न रेकर्डिङ संस्थानका अध्यक्ष एवं महाप्रबन्धक, सांस्कृतिक संस्थानका महाप्रबन्धक पनि बनेका थिए। उनी साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक पनि भए। उनले नेपाल संगीत नाट्य प्रज्ञा–प्रतिष्ठानको सदस्यसचिव भएर समेत काम गरेका थिए। 

प्रकाशित: Jun 01, 2025| 15:20 आइतबार, जेठ १८, २०८२
प्रतिक्रिया दिनुहोस्