सोमबार, असोज १२, २०८३

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

 |  आइतबार, जेठ १८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०८२

काठमाडौं- राजसंस्था पुनर्स्थापनाको माग गर्दै जारी आन्दोलनका क्रममा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापा पक्राउ परेका छन्।

आन्दोलनको चौथो दिन बालुवाटारतर्फ जुलुस लिएर अगाडि बढिरहेका बेला प्रहरीले थापालाई नियन्त्रणमा लिएको हो।

राजावादीहरूले केही दिनदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन्। आन्दोलनका क्रममा नाराबाजीसहित जुलुस निकाल्दै प्रधानमन्त्री निवास नजिक पुग्ने उद्देश्यसहित बालुवाटारतर्फ अघि बढ्दा प्रहरीले थापालाई नियन्त्रणमा लिएको हो।

भीडलाई भड्काउन खोजेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन' समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गरिरहेको छ। उक्त आन्दोलनलाई राप्रपा, राप्रपा नेपाललगायत दलहरूको समर्थन छ।

राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीलगायत माग राखेर सुवेदी नेतृत्वको समितिले 'जनआन्दोलन' गरिरहेको छ।

प्रकाशित: Jun 01, 2025| 15:16 आइतबार, जेठ १८, २०८२
प्रतिक्रिया दिनुहोस्