शुक्रबार, भदौ १३, २०८२

बचतकर्ताको साढे दुई अर्ब हिनामिना गर्ने बैंक अध्यक्ष पक्राउ

 |  आइतबार, जेठ १८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०८२

vianetvianet

काठमाडौं- कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रवीर राय रुपन्देहीको बेलहियाबाट पक्राउ परेका छन् । 

Kumaribank

सल्यान घर भएका ६५ वर्षीय रायलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शनिबार पक्राउ गरेको हो। 

रायले पटकपटक सञ्चालक समितिको अध्यक्षमा रहेर बैंकमा संकलन भएको बचतकर्ताको २ अर्ब ५० करोडभन्दा बढी रकम हिनामिना गरी फरार भएका थिए।

उनलाई प्रहरीले बैंकिङ कसुर तथा सजाय ऐन, २०६५ अन्तर्गत नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान गरिरहेको छ।

२०६० फागुन ६ गते स्थापना भएको कर्णाली डेभलपमेन्ट बैंकले तुलसीपुर, घोराही, लमही, भालुवाङ, गढवा, कोहलपुर, खजुरा, बैजापुर, गुलरिया, सानोश्री, बाँसगढी, भुरीगाउँ, राजापुर, ठाकुरद्वारा, बिजौरी, सिसहनिया, शम्शेरगञ्ज र नारायणपुरमा शाखा विस्तार गरेको थियो ।

Metro Mart

नेपाल राष्ट्र बैंकले यो बैंकलाई संकटग्रस्त घोषणा गरेको थियो । 

प्रकाशित: Jun 01, 2025| 10:44 आइतबार, जेठ १८, २०८२
प्रतिक्रिया दिनुहोस्